दफा १२७
सवारीमा सांकेतिक चिन्ह राख्नु पर्ने
कुनै पनि किसिमको खतरापूर्ण मालसामान ढुवानी गर्ने कार्यमा संलग्न मालबाहक सार्वजनिक सवारीमा त्यस्तो मालसामान रहेको कुरा अन्य सवारी तथा सर्वसाधारणको जानकारीको लागि सांकेतिक चिन्ह देखिने गरी राख्नु पर्छ ।